अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा दियो निवेदन

२३ फाल्गुन २०७९, मंगलवार ११:०८

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएसँगै बोर्डमा फागुन १८ गते निवेदन दिएको हो ।

कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*