शुभम पावर कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा शुभम पावर कम्पनीको पहिलो कारोबार भएको छ।कम्पनीको शेयर प्रतिकित्ता २६५ रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत बिहीबार अर्थात फागुन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको १९ हजार ४२० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ५ लाख ८० हजार ५८० कित्ता शेयर र कम्पनीका संस्थापकहहरुले लगानी गरेको १४ लाख कित्ता सहित २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको शेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ८८ रुपैयाँ ४८ पैसादेखि २६५ रुपैयाँ ४४ पैसा सम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर आइतबार पहिलो कारोबार हुनपर्ने थियो। तर, सो दिनको स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि, पहिलो कारोबार यस दिनको स्पेशल प्रि ओपनमा सरेको हो।