युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

८ चैत्र २०७९, बुधबार १६:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य २७१ रुपैयाँका आधारमा नेप्सेले ७ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २५३ रुपैयाँ २७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*