आजदेखि दुई कम्पनीको शेयर कारोबार खुल्दै, कतिमा खुल्ला पहिलो कारोबार ?

९ चैत्र २०७९, बिहीबार १०:५०

काठमाडौं । दुई कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, एशियन हाइड्रोपावरको आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएपछि आजदेखि कारोबारमा आउने भएको हो । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको आइपीओ ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त आाइपीओ भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ७८ रुपैयाँ १५ पैसादेखि अधिकतम २३४ रुपैयाँ ४५ पैसासम्म पाउने देखिएको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा मूल्य तोक्ने भएको कारण उक्त रेञ्ज पाउने देखिएको हो ।

साथै एशियन हाइड्रोपावर कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि २९८ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा रहि आज देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको शेयरलाई नेप्सेले एएचएल कारोबार संकेत प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*