मातातीर्थ औंसीमा आमालाई दिऔं जीवन बीमा पोलिसी उपहार

जीवन बीमा विश्लेषण
७ बैशाख २०८०, बिहीबार ०६:००

आज (वैशाख ७ गते) मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली परिवेशमा आजको दिन विशेषगरी आमालाई पुजा गर्ने गरिन्छ । आमालाई मिठा–मिठा परिकारका खानेकुराका साथै विभिन्न खालका उपहारहरु दिने प्रचलन छ ।

यो दिनमा विशेष आ–आफ्ना आमालाई मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा ख्वाई तथा उपहारहरु दिई मनाउने गर्दछन् । हामीले प्रत्येक बर्ष आमा औंसीमा आ–आफ्ना आमालाई विभिन्न भौतिक वस्तु उपहार स्वरुप दिइरहेका हुन्छौ । तर उपहार दिदाँ केही समय वा केही को लागि मात्र उक्त वस्तु उपयोग गर्न पाउने वस्तु हामी उपहार मार्फत दिईरहेको हुन्छौ । हामी यस समयमा बढी खर्च गरिरहेको हुन्छौ ।

मातातीर्थ औंसीमा आमालाई उपहार दिदाँ बढी मात्रामा जिन्सी वा अन्य लुगाफाटा जस्ता सामानहरु दिइरहेका हुन्छौ । तर ती नगदी र जिन्सी उपहारको सट्टामा जीवन बीमा पोलिसी उपहार दिदाँ आमासँगको सम्बन्ध थप कसिलो र उत्तरदायित्वपूर्ण हुनजान्छ । पछिल्लो समय त विभिन्न अवसरहरुमा जीवन बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ, जुन यो सकारात्मक कुरा पनि हो । जीवन बीमा उपहार दिदा भविष्यमा हुन सक्ने आर्थिक जोखिम, दुर्घटना, घातक रोग तथा विभिन्न खालका विपत्ती बहन हुने भएका कारण यो फाइदाजनक कुरा नै हो ।

जीवन बीमाले तपाईको आमाको लागि दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यूनिकरणका लागि पनि ठूलो मद्धत गर्छ । विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नुपर्छ । नेपालमा भने न्युन आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको बीमा विज्ञहरुको भनाई छ । आमा औंसीमा आफ्नो आमालाई जीवन बीमा पोलिसी उपहार दिदा आमासँगको सम्बन्ध थप सामिप्यता हुने तथा आमालाई जिन्सी सामानको साटो जीवन बीमा पोलिसी उपहार दिदा भविष्यमा हुन सक्ने आर्थिक जोखिम समेत बहन हुन जान्छ ।

मातातीर्थ औंसी प्रत्येक वर्ष आउने पर्व भएको कारण पहिलो वर्षमा बीमा पोलिसी खरिद गरि उपहार दिने र आगामी वर्षहरुमा समेत आमालाई बीमा पोलिसीको बीमाशुल्क भुक्तानी गरिदिदा आर्थिक जोखिम बहन हुन जान्छ ।

जीवन बीमा कसरी गर्ने ?
नेपालमा १७ जीवन बीमा कम्पनीहरु संचालनम रहेका छन् । विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आईरहेका छन् । जीवन बीमा अभिकर्तामार्फत तपाईहरुले आफ्नी आमाको बीमा प्रस्ताव गर्न सक्नुहुनेछ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो आम्दानीको हिसाब किताब राम्रोसँग पक्कै गर्नुपर्नेछ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १६ कम्पनीले यो सेवा प्रदान गर्छन् । आफूलाई पायक पर्ने स्थानमा आफूले बीमा गराउन सक्नुहुनेछ । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता रहेका हुन्छन् । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने बजेट अनुसारको बीमा पोलिसी खरिद गर्न सकिन्छ ।

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ त ?
कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नुपर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ । त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ । ५० हजार रुपैयाँ माथि जति बीमाङ्कको पनि बीमा गर्न सकिन्छ ।

सामान्यतया पाँच देखी ५४ वर्ष अवधि सम्मको बीमा गर्न सकिन्छ । यदि तपाईंको उमेर ३० वर्ष छ र तपाईको आम्दानीले १५ वर्ष अवधिको ५ लाखको बीमा लागि गर्नु भयो भने वार्षिक ३३ हजार रुपैयाँ कम्पनीलाई तिर्नुपर्छ ।

कति रुपैयाँ फिर्ता आउँछ ?
बीमा भनेको जोखिम घटाउनु हो । त्यसैले भविष्यमा त्यस्तो कुनै भवितब्य आयो भने कम्पनीले तपाईको परिवारलाई बीमाङ्क बराबरको सबै रकममा सो अवधीमा कम्पनीले आर्जन गरेको बोनस रकम थप गरेर फिर्ता दिन्छ । जस्तो पाँच लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने बीमाङ्क रकम अर्थात पाँच लाख र कम्पनीको नियम अनुसार दिने बोनस रकम थप भई परिपक्व भएपछि भुक्तानी हुनेछ ।

आमालाई २०।३० हजारको महँगो स–सामान उपहार दिनुभन्दा उक्त रकमले बीमा गरिदिएमा उक्त रकम पछि बोनस सहित गरेर अवधि परिपक्क भएपछि बीमितले स्वयं पाउन सक्नेछन् ।

विभिन्न जीवन बीमा कम्पनीहरुले ज्येष्ठ नागरिक जीवन बीमा पोलिसीहरु समेत ल्याएका छन् । आमाहरुको जीवन बीमा गरिदिदा ज्येष्ठ नागरिक बीमा योजना नै खरिद गर्दा उत्तम हुनेछ । यसका लागि १७ जीवन बीमा कम्पनीको वेबसाइटमार्फत पोलिसीहरुको बारेमा जानकारी लिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*