प्रतितोला एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२० बैशाख २०८०, बुधबार ११:००

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख दश हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख दश हजार पचाँस रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँले कारोबार भईरहेको छ ।












