प्रेस काउन्सिल नेपालले खुलायो रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत अवसर

२९ बैशाख २०८०, शुक्रबार ११:५०

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै काउन्सिलले सहायकस्तर चौथो तह देखि अधिकृत (प्रशासन) छैठौं तहसम्ममा १२ जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट कम्तीमा एसएलसी देखि स्नातक उह उत्तिर्ण गरेको हुनुपर्ने काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार योग्यता पुुगेका उम्मेदवारले हालसालै खिचिएको पासपोर्ट साईज फोटो र ग्लोबल आइएमई बैकमा रहेको काउन्सिलको बैंक खातामा दस्तुर जम्मा गरी कार्यालय खुलेको समयमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*