मेयर बालेन शाहले गरे पद्यमोदय माध्यमिक विद्यालयको ‘बुक फ्रि डे’ अवलोकन

२९ बैशाख २०८०, शुक्रबार १८:१७

काठमाडौं । काठमाडौं माहानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदर्शनीमार्गमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा निरिक्षण गरेका छन् । आज शुक्रबारका दिन माहानगरपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयहरुले ‘बुक फ्रि डे’ अन्तर्गतका क्रियाकलाप संचालन गर्ने गरेका छन् । आज संचालन भैरहेको सो ‘बुक फ्रि डे’ को प्रभावकारी संचालन र निरिक्षण गर्नका लागि मेयर शाह विद्यालयमा आएका हुन् ।

‘आज हाम्रो विद्यालयले विभिन्न प्राविधिक र विषयहरुमा सम्बन्धित रहेर अन्य क्रियाकलाप संचालन गररिरहेका छौ’ विद्यालयका हेड मास्टर नारायण प्रसादले भने । साथै उनले आज प्राविधिक शिक्षा अन्तर्गत इलेक्टानिक तालिम र मोवाइल रिपेरिङ जस्ता तालिम संचालन गर्ने गरेको र अन्य नेपाली विषयमा हाजिरी जवाफ, बक्तित्वकला लगायतका अन्य कार्यक्रम संचालन गर्दै आइरहेको बताए ।

संचारकर्मीसँग कुरा गर्दै हेडमास्टर प्रसादले विद्यार्थीहरुलाई विद्यालयमा उपस्थिती गराउन र उनीहरुको मनोबल बढाउन सो कार्यक्रम धेरै उपयोगि भएको बताए ।

यसका साथै, विद्यालयले आज विभिन्न क्लवहरुको गठन गरेको छ । आज शुक्रबारको अबसरमा विद्यार्थीहरुको उपस्थितीमा निर्वाचा स्थल निर्माण गरी बाल क्लब, युवा तथा जुनियर रेडक्रस सर्कल, इको क्लब लगायत समुह गठन गरेको छ ।

विद्यालयले आम विद्यार्थीहरुलाई अनुशासित बनाउन र निर्वाचन प्रक्रियाबारे जानकारी गराउन निर्वाचन स्थल निर्माण गरी क्लवहरुको गठन गरेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*