बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा ५५औं बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

३० बैशाख २०८०, शनिबार १६:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु, बीमा कम्पनीका कर्मचारीहरु,बीमा अभिकर्ताहरु लगायत अन्य को पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम प्राधिकरणको कार्यालयको प्राङगणमा सम्पन्न भएको थियो । उक्त रक्तदान कार्यक्रममा करिब १३० जनाको सहभागिता थियो । रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए । प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट जेष्ठ १ गते बिहान ७ः०० बजे देखि प्रभात र्याली कार्यक्रमको पनि आयोजना गरेको छ ।

बीमा प्राधिकरणले आफ्ना यस अघिका वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउदै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*