वाग्मती प्रदेशमा सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)

१२ जेष्ठ २०८०, शुक्रबार १२:४९

काठमाडौं । वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडादर पनि घटाइएको हो ।

प्रदेश भाडा निर्धारण सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२)ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*