सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने
५ जेष्ठ २०८०, शुक्रबार १७:२७
काठमाडों । सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड सेयरिङ कम्पनीलाई नियमन गर्न कानुन निर्माण गरिने बताए ।