यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पुर्णपाठ)
५ जेष्ठ २०८०, शुक्रबार १८:१६

काठमाडौं । सरकारले आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको हुन ।
सरकारले आगामी आर्थिक वर्ष २०८० र०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका छन् । सरकारले अर्थतन्त्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने जनाएको छ। नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मितव्यिता कायम गरिने, आर्थिक प्रशासनलाई पारदर्शी बनाइने बताए।











