इप्पानको २१औं वार्षिक साधारण सभा जेठ ३२ गते, नयाँ कार्यसमिति निर्वाचन गर्ने मुख्य एजेण्डा

७ जेष्ठ २०८०, आईतवार १७:५०

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले २१औं वार्षिक साधारण सभा जेठ ३२ गते बस्ने गरी आह्वान गरेको छ । संघको जेठ ७ गते बसेको कार्यसमितिको बैठकले आव २०७८।७९ को वार्षिक साधारण सभा जेठ मसान्तमा बस्ने निर्णय गरेको हो ।

सो सभाले नयाँ कार्यसमितिको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ प्राप्त गरिनसक्नुपर्ने संघले जनाएको छ ।

यसका साथै साधारण सभाका तयारीको लागि उपाध्यक्ष मोहन कुमार डाँगीको संयोजक रहने गरी सचिव राम प्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मुल तयारी समिति र संस्थाको हालको स्वरुपमा परिमार्जन गरि संस्थालाई नयाँ ढंगले अगाडी बढाउने सम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न सचिव भरत बहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाशन दुलाल सदस्य रहेको समिठि गठन गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*