नीति तथा कार्यक्रममा समेटिएका बुँदा बजेटसँग समन्वय हुन जरुरी छ: स्वर्णिम वाग्ले
काठमाडौं । प्रतिनिधी सभा सदस्य स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले एक्ट्रिम पोजिशनहरु नराख्ने बताएका छन् । आज प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमको बजेट बैठकमा वाग्लेले रास्वपाले रचनात्मक प्रतिपक्षीको भूमिकामा उभिएको बताए ।
साथै उनले सरकारले नचाहेसम्म सरकारको नीति तथा कार्यक्रममा फुलस्टप, कमा समेत परिवर्तन नहुने बताएका हुन् । सांसद वाग्लेले सरकारको नीति तथा कार्यक्रममा सिक्वेन्सलाई फलो गरि धेरै उत्ताउलोपन देखाउनु नपर्ने बताए ।
साथै उनले बजेटको सिक्वेन्स नमिलेको बताएका छन् । सरकारले सिद्धान्त र प्राथमिकता अन्तर्गत सार्थक बहस गर्नुपर्ने, कन्टेन्टमा गएर बहस गर्नुपर्ने, दिगो विकासका प्रारुपहरु, आवद्यिक योजनाहरु, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन २०७६, ले निर्दिष्ट गरेका कुराहरु, स्रोतको अनुमानहरुको विषयमा बहस गरिनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
त्यस्तै, नीति तथा कार्यक्रममा फुकेका १८८ निर्जीव जस्ता बुँदाहरुलाई बजेटसँग समन्वय गरिनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘बजेटमा छुट्याएका शिर्षक–उपशिर्षकहरु नीति तथा कार्यक्रमको कुन दफामा टेकेर आएको छ, त्यो जस्टिफिकेशन दिन सक्यौं भने मात्रै जवाफदेहिता हुनेछ ।’ उनले थपे, ‘नीति तथा कार्यक्रममा समेटिएका ती बुँदाहरु बजेटसँग नजोडिँदा कालो अक्षरको थुप्रो सरह हुनेछ ।’