जसपाका विरेन्द्र कुमार महतो बने वनमन्त्री

९ जेष्ठ २०८०, मंगलवार १४:४१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का विरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री बनेका छन् । मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

साथै प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छिन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*