आइएमई पे मार्फत जुनसुकै एयरलाइन्सको टिकट काट्दा क्यासब्याक अफर

९ जेष्ठ २०८०, मंगलवार १८:१०

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १२५ रुपैयाँ क्यासब्याक पाउने भएका छन् ।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरि कम्तिमा १२५ रुपैयाँ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्नेछन् ।

उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*