नेपाल पुनर्बीमा कम्पनीले पायो ‘डबल ए माइन्स’ क्रेडिट रेटिङ, कस्तो छ वित्तीय क्षमता ?

९ जेष्ठ २०८०, मंगलवार २१:४६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ । नेपाल पुनर्बीमा कम्पनीको वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता सबल देखिएको जनाउँदै इक्राले पुरानै रेटिङलाई निरन्तरता दिएको हो ।

डबल ए माईन्स रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस माइनस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ ।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।

उच्च क्षमतायुक्त क्रेडिट रेटिङ पाएसँगै अब नेपाल पुनर्बीमा कम्पनीलाई व्यवसाय विस्तारमा थप सहज भएको छ ।

A.264-Nepal-Reinsurance-Company-Limited-_May-2023_Final

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*