६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१० जेष्ठ २०८०, बुधबार १०:५६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चादीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।

कारोबारको अघिल्लो दिन मंगलबार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँले कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*