नेपाल क्लियरिङ हाउसले खुलायो डिसिइओ पदमा दरखास्त, यसरी दिनुस् आवेदन
१० जेष्ठ २०८०, बुधबार ११:३३
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ ) पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै अनुभवि र क्षमतावान कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिनको लागि व्यवस्थापन, अर्थशास्त्र, फाइनान्स, बैंकिङ्ग लगायतका बिषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।