फेरि चुहियो बजेटको सूचना, संयोजक भुपाल बराल शंकाको घेरामा

१० जेष्ठ २०८०, बुधबार ११:५१

काठमाडौं । यस पटक पनि बजेट निर्माण गर्दा गोपनियता अपनाउन अर्थ मन्त्रालय असफल भएको छ । छ जनाको टिम बनाएर बजेट निर्माण गरिएको रहेको टोलीका वित्तीय क्षेत्र महाशाखाका प्रमुख भुपाल बराल शंकाको घेरामा परेका छन् ।

छ जनाको टिमले बजेट र बजेट बक्तव्यको मस्यौदा अन्तिम तयारी अवस्थामा पुर्याइसकेको छ । तर, यही बीचमा सूचना चुहिन पुगेको छ । बजेटमा करका दरका सम्बन्धमा सूचना चुहिएसँगै भुपाल बराल शंकाको घेरामा परेका छन् । गत वर्ष जनार्दन शर्माले मध्यराति चौधरी ग्रुपका कर्मचारी लगायतका शंकास्पद व्यक्तिहरुलाई अर्थमन्त्रालयको बजेट निर्माण कक्षमा छिराएर करका दर हेरफेर गराएका थिए ।

यस पटक पनि बजेट गोप्य रहन सकेन । पैसा, पहुँच र राजनीतिक आधारमा बजेटका सूचना चुहाएर वर्षेनी करोडौं रुपैयाँ घुस खान पल्केका अर्थमन्त्रालयका कर्मचारीहरुले यस पनि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अप्ठेरोमा पार्ने गरी बजेटमा समावेश हुने करका दर सम्बन्धी सूचना चुहाएर अप्ठेरोमा पार्ने भएका छन् । अर्थमन्त्री डा. महतले बजेट निर्माणमा घुसपैठ हुन नदिन गत बैशाख १५ देखि नै अर्थमन्त्रालयमा छिर्ने हरेक व्यक्तिको विवरण राख्ने, विद्युतीय डिभाइसमार्फत अर्थमन्त्रालय नै लक गरी तोकिएका व्यक्तिलाई मात्रै अर्थमन्त्रालयमा प्रवेश दिइदै आएको छ । कडा सुरक्षा घेरामा निर्माण भइरहेको बजेटबाट नेपालमा एसेम्बल हुने अटोमोबाइल सम्बन्धमा करका दरमा दिइएको छुट कटौति गर्न लागेको विषय चुहिएको छ । उक्त विषय चुहिएसँगै नेपाल अटोमोबाईल डिलर्स एशोसिएशनले हिजो बिज्ञप्ति नै निकालेर करको दरमा सहुलियत दिन लागेकोमा विरोध जनाएको छ । सरकारले राज्यकोषमा करको दायरा बृद्धिका लागि यसअघि एसेम्बल सवारी साधनमा दिइदै आएको ५० प्रतिशत अन्तशुल्क छुट सम्बन्धी सुविधा कटौति नगर्न सरकारलाई चेतावनी दिइसकेको छ । अर्थमन्त्रालयबाटै बजेट सम्बन्धी सूचना चुहिएपछि नाडाले यस्तो चेतावनी दिइएको सम्बद्ध स्रोतले जनाएको छ ।

बजेट सूचना चुहिएपछि नाडाले निकालेको बक्तव्य

नाडाका अनुसार नेपालमा एसेम्बल हुने सवारी साधनमा ५० प्रतिशत अन्तशुल्क छुट हटाउन लागिएको सूचना तीन दिन पहिले चुहिएको थियो । बजेट निर्माण टिमका संयोजक भुपाल बराल, उत्तर बहादुर खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा मध्येबाट उक्त सूचना बाहिर चुहिएको अर्थमन्त्रालयका उच्च अधिकारीको विश्वास छ ।

बजेट चुहिए पछि भुपाल बराल गम्भिर नैतिक संकटमा परेका छन् । गत चैत्र २४ गते बसेको मन्त्रिपरिषदको बैठकले नै बराललाई बजेट निर्माणको नेतृत्व गर्ने जिम्मेवारी तोकेको थियो । तर, बरालले कडा सुरक्षा घेराबीच बजेट सम्बन्धी सूचना सुरक्षित गर्न नसकेपछि उनको कार्यक्षमता र नैतिकतामाथि प्रश्न चिन्ह उठेको हो ।

एसेम्बल सवारी साधनले पाउने छुट सम्बन्धी व्यवस्था सबैभन्दा तल कैफियतमा हेर्नुहोला ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*