भोलि उपत्यकामा सार्वजनिक विदा, मछिन्द्रनाथको भोटो देखाइने

१० जेष्ठ २०८०, बुधबार १४:२६

काठमाडौं । भोलि उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । मछिन्द्रनाथको भोटो देखाउने दिन परेकोले भोलि सार्वजनिक विदा दिइने भएको हो । गृहमन्त्रालये समेत भोलि उपत्यकामा सार्वजनिक विदाको औपचारिक घोषणा गरिसकेको छ ।

तर, सरकारले सार्वजनिक विदाको सूचिमा मछिन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिइने उल्लेख छ । गत जेठ ८ गते जावलाखेलमा पुर्याइएको मछिन्द्रनाथको रथ भोलि भोटो देखाएसँगै जात्रा सम्पन्न हुनेछ ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*