प्रभु लाइफद्वारा दुई दिनमै बीमा दावी भुक्तानी

१४ जेष्ठ २०८०, आईतवार १०:१७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले दुई दिनमै बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको दोस्रो दिनमा नै दावी भुक्तानी गरेको हो ।

कम्पनीका बीमितले कम्पनीको समुन्नती जीवन बीमा गराएका अजय कुमार साहको क्यान्सरका कारण मृत्यु भए पश्चात उनको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो ।

कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, उप शाखा प्रमुख संजय श्रेष्ठले मृतक अजय कुमार साहको श्रीमती अञ्जु कुमारी देवीलाई चेक हस्तान्तरण गरेका हुन् । छ लाख रुपैंया बीमाङ्कको जीवन बीमा गराएका उनले दुई किस्ता गरि जम्मा रु. ६१,६०६ रकम प्रीमियम तिरेपश्चात उनको मृत्यु भएको थियो । सो वापत प्रभु लाइफ इन्स्योरेन्सले बीमितकी श्रीमती अञ्जु कुमारी देवीलाई ६ लाख १८ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले प्रभु लाइफले दावी भुक्तानीलाई छिटो छरितो रुपमा प्रवाह गर्न हरदम तयार रहने कुरा प्रष्ट पारे । साथै यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस जीवन बीमा प्रति आकर्षित हुने औल्याए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*