मकवानपुरको हेटौडा एकेडेमीका शिक्षकले विद्यार्थीमाथि निर्मम कुटपिट, एउटै हात दुई ठाउँमा भाँचियो

१४ जेष्ठ २०८०, आईतवार १०:३९

काठमाडौं । मकवानपुरस्थित हेटौडा एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई निर्मम कुटपिट गर्ने गरिएको तथ्य उजागर भएको छ । हेटौडामा अस्पतालमा अध्ययनरत विद्यार्थीहरुलाई अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै निर्मम कुटपिट गर्ने गरिएको तथ्य भेटिएको हो ।

कक्षा छ मा अध्ययनरत वर्ष १२ को सिर्जन उप्रेतीको बायाँ हात दुई ठाउँमा भाँच्चिएको छ । हात भाँच्चिएपछि पीडित बालकको उपचार गर्न समेत विद्यालयले गर्न नमानेको पीडित विद्यार्थीका मनहरि–३ का स्थानीय बाबु केदार उप्रेतीले बताए । पीडित बालकलाई फागुन २८ गते उप्रेतीलाई हेटौडा एकेडेमीका आर्ट पढाउने शिक्षक सरोज श्रेष्ठ शिक्षकले कुटपिट गरेर हात भाँचिदिएका हुन् ।

हेटौडाका उद्यमी अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि दिनहुँ विद्यार्थीमाथि निर्मम कुटपिट हुने गरेको अभिभावकहरुको गुनासो छ । पछिल्लो पटक गत शुक्रबार कक्षा ५ मा अध्ययनरत संकल्प उप्रेतीलाई गणित विषय पढाउने धन बहादुर विकले कुटपिट गरिएको पीडितका अभिभाकले जनाएका छन् ।

हेटौडा एकेडेमी मकवानपुरकै प्रतिष्ठित विद्यालय हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*