भोलि सार्वजनिक विदा

१४ जेष्ठ २०८०, आईतवार १२:०९

काठमाडौं। भोलि  सार्वजनिक विदा हुने भएको छ ।सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ ।

२०६२र६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*