गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट १९ जना व्यक्तिले पाए आममाफी
काठमाडौं । गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट १९ जनाले आम माफी पाएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई आममाफी दिइएको हो ।
१९ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यामा माफी गरिएको हो ।