जावलाखेलमा जेठ १७ गतेदेखि प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला हुँदै
काठमाडौं । ललितपुरमा प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित उक्त मेला आयोजना गर्न लागिएको हो ।
नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ उक्त मेला आयोजना गर्न लागिएको आयोजक टिमले बताएको छ ।
मेला यहि जेठ १७ गते देखि असार १७ गते सम्म हुनेछ । वागमति प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगरपालिका अन्तरगत जाउलाखेल खेल मैदानमा हुने आयोजक टिमले बताएको छ ।
मेला अवधि २०८० जेष्ठ १७ गते देखि २०८० आषाड १७ गते सम्म १ महिना सञ्चालन हुनेछ । मेला विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहनेछ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन, वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुराँस फुटवेयरको, क्रस रोड शुज, शुभकामना फुटवेयरका फस्टवाक शुज, नमस्ते फुटवेयरको, सिल, सुरभि पोलिमर्सको, हाई लाईफ, केटिएम शुजको, केटिएम, डि.जे. शुज कम्पनीको, डि.जे. शुज गरि ९ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
साथै उक्त मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन । साथै नेपाली र गुणस्तरीय उत्पादनका साथै नयाँ उत्पादनहरु मेलामा लञ्च समेत गरिने आयोजन टिमले बताएको छ । मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।
उक्त मेलामा प्रवेश निःशुल्क गरिएको छ । साथै मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने र ५ करोडको कारोवार गर्ने लक्ष्य राखिएको मेला संयोजक दिवाकर गिरीले बताए ।