बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै
१५ जेष्ठ २०८०, सोमबार १४:२१

अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को आय तथा व्यय विवरण बजेट आज पेस गर्दैछन् ।
आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट वाचन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे मन्त्रिपरिषदको बैठकले बजेट पारित गर्ने छ । मन्त्रिपरिषदले पारित गरेपछि अर्थमन्त्रीले संसदमा सो बजेट प्रस्तुत गर्नेछन् ।