शोधानान्तर स्थिति एक खर्ब ८० अर्ब बचतमा
१५ जेष्ठ २०८०, सोमबार १६:३३

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म शोधानान्तर स्थिति एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा रहेको छ । संसदमा आज अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
साथै विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बृद्धि भई चैत मसान्तसम्म ९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । साथै सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरिएको छ ।