चालु आर्थिक २।१६ प्रतिशतले आर्थिक बर्ष वृद्धि
चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताए । विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले समेत आर्थिक वृद्धिदर न्यून हुने उनको भनाई छ । यस्तै, चालू आर्थिक वर्षको यस अवधिमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै रहेको र आयातित वस्तुको मूल्यवृद्धि बढी भएको उनको भनाई छ ।