धनी र गरिबको बीचको खाडल घटाउने लक्ष्य बजेटमा समेटियो
१५ जेष्ठ २०८०, सोमबार १६:४३

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले धनी र गरिब बीचको खाडल घटाउने महत्वाकांक्षी बजेट संसदमा प्रस्तुत गरेको छ । संवैधानिक प्रावधान अनुसार आज संसदमा आव २०८०।०८१ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले धनी र खाडलबीचको अन्तर घटाउने नीति लिइने घोषणा गरेका छन् ।












