साइट क्लियरेन्स सुनिश्चित भएका आयोजनाको मात्रै ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइने

१५ जेष्ठ २०८०, सोमबार १६:५२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।८१ मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात् फागुन मसान्तसम्म विनियोन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

आगामी आवको बजेट घोषणा गर्दै मन्त्री महतले स्रोध साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र ठूला र रणनीतिक महत्वका छिटो प्रतिफल दिने कार्यक्रमलाई रकम छुट्याएको अर्थमन्त्री महतले बताए ।

विस्तृत परियोजना प्रतिवेदन, वातावरणी प्रभाव मूल्यांकन, जग्गा प्राप्ति लगायतका प्रक्रिया सम्पन्न भई साइट क्लियरेन्स सुनिश्चित भएका तथा खरिद योजना स्वीकृत भएका आयोजनाको मात्रै ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*