नेप्सेमा मेन्छियाम हाइड्रोपावरको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । नेप्सेमा मेन्छियाम हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकता शेयरधनीहरुलाई वितरण गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) लाई निष्काशन गरेको १६ लाख २७ हजार ७५० कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता शेयर गरि सो बराबरको शेयर नेप्समा सूचीकृत भएको हो।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई नेप्सेले एमसीएचएल कारोबार संकेत प्रदान गरेको छ ।












