विष्णुमति खोला किनारमा चार पेस्तोल र ५८ राउण्ड गोली फेला

६ बैशाख २०८३, आईतवार १४:१३

काठमाडौं । काठमाडौंको विष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ।

आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती क्षेत्रमा खोला सफा गर्ने क्रममा उक्त हतियार तथा गोली भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट टाइप–५४ पेस्तोल र सोही पेस्तोलका ७ थान म्यागजिनसमेत बरामद गरिएको छ।

फेला परेका हतियार तथा गोली जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*