२ हजारको विन्दुमा बन्द भयो यो साताको अन्तिम शेयर बजार, कारोबार २ अर्बले घट्यो

काठमाडौं। नेप्से ५ अंकले बढ्दा २०४२।०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
हिजो नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। आज नेप्सेका १३ उपसूचकमध्ये छ वटा उपसूचकहरु बढेका छन् भने ७ उपसूचकहरु घटेका छन् । होटर र पर्यटन उपसूचक सर्वाधिक चार दशमलव ५६ प्रतिशतले बढेको छ । जिवन बीमा उपसूचक दुई दशमलव ९२ प्रतिशतले र निर्जिवन बीमा उपसूचक एक दशमलव ३६ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक ट्रेडिङ उपसूचक एक दशमलव ७४ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक ० दशमलव ९६ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स उपसूचक ० दशमलव ५७ प्रतिशतले घटेको छ ।