साताको बीमा सेयर बजारः एलआईसीको मूल्य सबैभन्दा उच्च, राष्ट्रिय बीमा कम्पनीको मूल्य १६ हजार माथि

२ असार २०८०, शनिबार १६:३२

काठमाडौं । गत साता जीवन बीमा कम्पनीहरुको उत्साहप्रद कारोबार भएको छ । सो मध्ये जीवन कम्पनीहरुमा एलआईसी नेपालको सबैभन्दा धेरै एक हजार ३६९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, दोस्रो नम्वरमा नेपाल लाइफ इन्स्योरेन्सको ६५३ रुपैयाँमा कारोबार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ६१४.२० रुपैयाँमा कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको क्रमशः ५६९, ४८३, ४६३, ४५१ मा कारोबार भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको १६ हजार ३५० मा कारोबार भएको छ । नेको इन्स्योरेन्सको ८२९ मा कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको ७६५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७१५, एनएलजी इन्स्योरेन्स ६८४, नेपाल इन्स्योरेन्स ६३१, प्रभु इन्स्योरेन्स ५७४.३ रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*