नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सुचीकृत, कुनको कति ?

३ असार २०८०, आईतवार १५:३४

काठमाडौं । नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनश शेयर बापतको ५ लाख ७६ हजार ४५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

त्यस्तै, नेप्सेमा साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनश शेयर बापत ४० लाख ६७ हजार ४७५ कित्ता शेयर र उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनश शेयर बापत ४ लाख ५ हजार २३२ कित्ता शेयर सुचीकृत भएको छ ।

सो कम्पनीहरुको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*