शेयर बजार भारी अंकले उकालो लाग्दा जीवन निर्जिवन बीमा र अन्य सूचकको बढोत्तरी, यस्तो छ कारण

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार भारी अंकले उकालो लागेको छ। बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१८ अंकले बढेर ३९०.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ५ अर्ब रुपैयाँ बढीको भएको छ। जीवन र निर्जिवन बीमा कमपनीहरु पुाजिवृद्धि र वित्तिय रुपमा बलियो बन्ने संकेत देखेसँगै यो उपसूचकमा उकालो लागेको छ ।
अन्तरबैंक ब्याजदर घट्नु, कर्जाको ब्याजदर पनि घट्दै जानु, तरलता सहज हुँदै जानु, सीडी रेसियो पनि घट्दै जानु र अन्य क्षेत्रमा कर्जा प्रवाह नहुनुले बजार बढोत्तरी आएको शेयर बिश्लेषकहरु बताउछन् ।आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक ६.३८ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ६.१५ प्रतिशतले बढ्दा अन्य समूहमा ६ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, वित्त समूहमा २.१२ प्रतिशत, जलविद्युत समूहमा ३.९७ प्रतिशत, लगानी समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६४ प्रतिशत, लघुवित्त समूहमा २.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.६८ प्रतिशत र व्यापार समूहमा ३.४३ प्रतिशतको बढोत्तरी भएको छ।