नेप्सेमा ईङ्वा हाइड्रोपावरको ६० लाख कित्ता शेयर सूचीकृत
४ असार २०८०, सोमबार १३:०९

काठमाडौं । नेप्सेमा ईङ्वा हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ६० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुको लागि (बैदेशिक रोजगारीमा रहेका नेपाली,सामुहिक लगानी कोष,स्थानीय बासिन्दा र कर्मचारीहरु) समेत १८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर कम्पनीको शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले (आईएचएल ) कारोबार संकेत प्रदान गरेको छ ।