शेयर बजार झिनो अंकले घट्यो, फाइनान्स उपसूचक उचालियो

४ असार २०८०, सोमबार १५:१४

काठमाडौं गत सातादेखि लगातार बढीरहेको शेयर बजार हिजो हाफ सेञ्चुरी हान्दै आज ओरालो लागेको छ। शेयर बजार ओरालो लागेपनि कारोबार भने साढे ४ अर्बको रहेको छ।
आज नेप्से २।९५ अंकले घट्दा २०९१।३९ को विन्दुमा कायम भएको छ।

सूचीकृत २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज सबैभन्दा धेरै फाइनान्सको उपसूचक वृद्धि भएको देखिएको छ। निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको शिवम् सिमेन्ट्सको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २९ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनटीसी, सोल्टि होटल, आएईजीआई प्रुडेन्सियल,एचआइर्डिसिएलको प्रमोटर शेयर,नेपाल लाइफ, सिआईटी, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ र शाईन रेशुङ्गा बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*