घोराही सिमेन्टको आईपीओको १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन, के हो आइपीओ विवाद ?

काठमाडाौं । आइपीओ निष्काशन गनुपूर्व नै विवादमा परेको घोराही सिमेन्टको आईपीओमा माग भन्दा बढी आवेदन पर्दा पनि किन आवेदन दिएको भन्ने बिषयमा प्रश्न उठेको छ। तर कम्पनीले भने हालसम्म आधापनि आवेदन नपरेको जिकिर गरेको छ ।
योजनावद्ध ढंगबाट आइपीओमा आवेदन दिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ। कम्पनीले फर्जी आवेदन परेको भन्दै आवेदन दिने समय थप गरेको छ।
यस बिषयमा सिडिएसले ध्यानाकर्षण पत्र निकालेर सचेत गराईसकेको छ भने बोर्डले आइपीओ अवधि नलम्ब्याउन निर्देशन दिईसकेको छ।प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको छ । कम्पनीले आईपीओमा आवेदन खुला गरेको चौथो दिनसम्ममा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन परेको हो ।
कम्पनीका अनुसार कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन फर्जी रुपमा परेको छ । १४ जनाले खातामा रकम खाली गरि आइपीओ भरेको कारण कम्पनीको आवेदकको सङख्या बढी देखिएको जनाएको छ।
कम्पनीको आइपीओमा ५० प्रतिशतभन्दा बढी आवेदन फर्जी परेका छन्। प्रिमियम मूल्य रु ४३५ मा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टमा असार ४ गते साढे २ बजेसम्म २ करोड ४० लाख ५० हजार कित्ताको लागि आवेदन परेकोमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको पाईएको हो।
खातामा रकम नभएपनि लगानीकर्ताले भने ठुलो परिणाममा आवेदन दिएका छन्। सीडीएससी स्रोतका अनुसार ११ जना आवेदकले खातामा पर्याप्त रकम बिनै आवेदन दिएको छ।
घोराहीको प्रिमियमसहितको आईपीओमा सोमबार दिउँसो साढे २ सम्ममा ५ लाख २८ हजार आवेदकले २ करोड ४० लाख कित्ताका लागि १० अर्ब ४६ करोड ४८ लाख रुपैयाँबराबरको आवेदन दिएका छन् ।