आइपीओमा फर्जी आवेदन दिनेलाई कारबाही हुने, सिडिएसले जारी गर्यो यस्तो सूचना
४ असार २०८०, सोमबार १६:१०

काठमाडौं । सिडिएस एण्ड क्लियरिङले लिमिटेडले धितोपत्रको सार्वजनिक निष्काशनमा झुटा आवेदन दिनेलाई कारबाही गरिने चेतावनी दिएको छ ।
यसरी आईपिओमा आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गर्नु जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी सिडीएसले दिएको हो ।
सिडिएसका अनुसार आफ्नो खातामा पैसा नभएको थाहा हुँदा हुँदै पनि आईपिओलाई प्रभावित पार्नको लागि जानाजान अत्याधिक कित्ताको लागि आवेदन दिएको छ ।