लघुवित्तको ऋणी धमाधम कालोसुचीमा पर्न थाले, १२० जना लघुवित्तको ऋणी कर्जा सुचना केन्द्रको कालोसुचीमा

४ असार २०८०, सोमबार १७:४३

काठमाडौं। लघुवित्तको ऋणी धमाधम कालोसुचीमा पर्न थालेका छन । जेष्ठ महिनामा मात्रै १२० जना लघुवित्तको ऋणी कर्जा सुचना केन्द्रको कालोसुचीमा परेका छन् । एकाघर लघुवित्त वित्तीय संस्था विरुद्ध सघंर्ष समिति बनाई केही व्यक्तिहरु लागि रहेका छन् भने अर्को तर्फ दुर्गा प्रसाई बैंक तथा वित्तीय संस्थाको पैसा नतिर्नु भनि हिडिरहेको बेला लघुवित्त वित्तीय संस्थाले पैसा नतिर्ने सदस्यलाई भटाभट कालोसुचीमा पर्न थालेका छन् ।

अहिले सम्म ४९६ जना लघुवित्तको सदस्यहरु कालोसुचीमा परेका छन् । जेष्ठ महिनाको कालोसुचीमा पर्ने १२० जना रहेको छ ज्ुन रेकर्ड अहिले सम्म कै धेरै हो । यसरी लघुवित्तको ऋणी धमाधम कालोसुचीमा पर्दा सदस्यहरुलाई बैंकिंग कारोबार गर्न असहज भई रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*