वाइकोको सिस्टममा समस्या, आज शेयर खरिदबिक्रिमा लगानीकर्तालाई सास्ती

५ असार २०८०, मंगलवार १५:४८

काठमाडौं । आज शेयर कारोबार भइरहेको समयमा वाइकोको सिस्टममा समस्या देखिएको छ । शेयर लगानीकर्ताले खरिद बिक्री गर्दा एक पटक राखेको अर्डर इडिट गर्न नमिल्लने भएपछि लगानीकर्ताहरु समस्यामा परेको भन्दै गुनासो गरेको थियो ।

सिस्टममा आएको समस्या समाधानका लागि प्राविधिकहरुले अध्ययन गरिरहेको नेप्सेले जनाएको छ । करिब २ घण्टादेखि सिस्टममा समस्या भइरहेको र यसबारे लगानीकर्ताहरुले गुनासो गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*