शिवम् सिमेन्ट्स सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा, यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी

६ असार २०८०, बुधबार १५:०२

काठमाडौं । शेयर बजार ओरालो लागेको छ। शेयर बजार घट्दा पनि शिवम् सिमेन्ट्स नै सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा परेको छ।

शेयर खरिदबिक्रिको चापमा शिव्म सिमेन्ट नै पर्ने गरेको छ । कम्पनीको आज २१ करोड २८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्टलरी, आइएजीआई प्रुडेन्सियल, नागरिक लगानी कोष, नेपाल लाइफ , एनटीसी, निफ्रा, सूर्या ज्योति लाइफ, एभरेष्ट बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।

हिजोको तुलनमा भने कम्पनीको शेयर मूल्य ०।९३ प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य हिजोको तुलनामा ५ रुपैयाँ प्रतिकित्ता झरेर ५ सय ४४ रुपैयाँमा दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर मूल्य बढेर ५६२ रुपैयाँसम्म पुगेको थियो भने यसअघि सबैभन्दा कममा ५३४ रुपैयाँसम्म कारोबार भएको थियो ।
पछिल्लो महिनाहरुमा कम्पनीको शेयर मूल्य ५ सय मुनि नगएको कारण पनि शेयर लगानीकर्ता ढुक्क भएर लगानी गर्न तर्फ अघि बढेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*