सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

१३ असार २०८०, बुधबार ११:१७

काठमाडौं । बुधबार सूनको मूल्य घटेतापनि चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाकोसुनको मूल्य तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*