कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

१४ असार २०८०, बिहीबार १६:०६

काठमाडौं । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै विशिष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा आफूलाई उभ्याउन सफल इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ ओटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् ।

साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १३ हजार आठ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ ।
अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो ।

हाल यस कम्पनीका कुवेतमा १८८ वटा शाखा सञ्चालनमा रहेका छन्, जसले आफ्ना मूल्यवान ग्राहकहरुलाई सबैभन्दा भरपर्दाे, सस्तो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*