सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच सम्झौता, यी सहुलियतहरु प्रदान गरिने

१५ असार २०८०, शुक्रबार १६:५५

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड तथा समाज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । जसअनुसार एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजना ल्याएको छ । सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरबीच असार १५ गते द्धिपक्षीय सम्झौता भएको हो ।

जसअनुरुप सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारीहरुलाई निःशुल्क डिम्याट खाता खोल्न, डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट, निःशुल्क पोर्टफोलियो परामर्श सेवा, निःशुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने आदीजस्ता सुबिधा दिने घोषणा गरेको छ ।

त्यस्तै समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्कविशेषज्ञ परामर्श, दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट दिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*