विश्वकै धेरै पैसा कमाउने एक्चुरियल साइन्स कसरी पढ्ने? एक्चुरियल शिक्षाका लागि नेपालमै छ यस्तो सुविधा

रिना खत्री
१७ भाद्र २०८०, आईतवार १८:५०

काठमाडौं । नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी एक्चुरियल (बीमाङ्की) भरपर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन् । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो विश्वकै महंगो र दुलर्भ शिक्षा लिन पाइन्छ भन्ने सुन्दा आश्चर्य पनि लाग्न सक्छ । नेपालमा मेडिकल साइन्स, इन्जिनियरिङमा विद्यार्थीहरुको ठूलो भिड लाग्ने गरेको छ ।

तर, मेडिकल साइन्स र इन्जिनियरिङ भन्दा कैयौं गुणा बढि मान्यता भएको एक्चुरियल साइन्सको पढाईमा आकर्षण तुलनात्मक रुपमा कमै छ । गणितमा तीक्ष्ण भएका विद्यार्थीहरुले मात्रै एक्चुरियल साइन्स हुने भएकोले यसको अध्ययनमा कठिनता भने पक्कै छ ।

नियामक निकाय बीमा प्राधिकरण समेत विदेशी एक्चुरीमा भर पर्नुपर्दा समयमै बीमा कम्पनीको वित्तीय विवरण पास गर्न सकिरहेको छैन । विश्वकै पाँचौं उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरीले बार्षिक तीनदेखि चार लाख डलरभन्दा धेरै आम्दानी गर्छन् । यतिधेरै आम्दानी हुने एक्चुरी भने विश्वमै एकदमै कम छन्, नेपालमा त यति महंगो एक्चुरीलाई थेग्न सकिने कुरै भएन ।
हाल नेपालमा एक जना पनि छैनन् । केही नेपालीले एक्चुरी उपाधि हासिल गरेका भए पनि उनीहरु नेपालमा छैनन् । नेपालमा काम गरिरहेका केहीले पुरा कोर्ष गर्न बाँकी छ ।

जीवन बीमाको बीमाङ्कीय मूल्यांकनका लागि एक्चुरीको आवश्यक पर्छ । बीमा लगायत र भविष्यको दायित्व मूल्यांकन गर्ने क्षेत्रमा एक्चुरीको आवश्यक पर्छ । नेपालमा बीमा समितिका अनुसार एक्चुरीको कार्य क्षेत्र बीमा, बैंकिङ, धितोपत्र, कोष व्यवस्थापन, प्राज्ञिक र आर्थिक क्षेत्रमा पर्छ । एक्चुरी कुनै शैक्षिक योग्यताको पढाई होइन । यो व्यावसायिक अनुमति प्राप्त पेशा हो ।

वित्तीय प्रणालीको समस्या समाधान गर्ने वा जोखिम व्यवस्थापन गर्ने रणनीति बनाउने विशेषज्ञ नै एक्चुरी हो । एक्चुरी गणितीय ज्ञान तथा सीपको आधारमा भविष्यमा आउन सक्ने जोखिम तथा घटनाहरुको सम्भाव्यताका आधारमा अनुमान गर्ने विधि हो ।
एक्चुरीले फाइनान्सियल कन्सल्टेन्सी, जीवन बीमा, निर्जीवन बीमाका साथै लगानी व्यवस्थापन गर्ने संस्था, बैंक लगायत वित्तीय कम्पनीहरुमा यिनीहरुले काम गर्छन् ।

एक्चुरी विश्वमै अति सम्मानित र राम्रो कमाई हुने पेशा हो । सर्टिफाई एक्चुरीको औसत कमाई एक लाखदेखि तीन लाख अमेरिकी डलर रहेको छ । विश्वमै अति माग भएको यो कोर्षको अध्ययन÷अध्यापन अहिले त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कूल बल्खुमा भइरहेको छ ।

बीमा कम्पनीहरुलाई नभई नहुने “एक्चुरी रिपोर्ट” समयमा बन्न नसक्दा हरेक महिनाको पौष मसान्तमा गर्नुपर्ने वार्षिक साधारणसभा कहिल्यै पनि निर्धारित समयभित्र सम्पन्न भएको छैन । नेपालमा अझैसम्म पनि सर्टिफाई एक्चुरी नहुँदा नेपाली बीमा कम्पनीहरुलाई निकै गाह्रो भएको छ ।

हरेक जीवन बीमा कम्पनीहरुमा एक्चुरियल डेस्क हुनुपर्ने नियमन निकाय बीमा समितिको प्रावधान भएपनि बीमा समिति स्वयम् बाहिरी जनशक्तिको भरपर्दा अरुलाई निर्देशन दिन पनि सकिराखेको छैन ।

नेपाली बीमा कम्पनीहरुले छिमेकी मुलुक भारतबाट दक्ष जनशक्ति ल्याएर वा यँहाको रिपोर्ट उता पठाएर भ्यालुएसन गरिरहेको अवस्था छ । यसरी एकातिर देशको ठूलो धनराशि बाहिरिएको छ भने अर्कोतिर निर्धारित समयभित्र वार्षिक साधारणसभासम्म गर्न नसकेर यहाँका बीमा कम्पनीहरुमाथि सुशासनको प्रश्न उठिरहेको छ ।

प्राइसिङ, भ्यालुएसन र प्रिमियम निर्धारण गर्दा नभई नहुने एक्चुरी कोर्षको आधार कोर्ष नेपालमा २०७३ साल मंसिरबाट गणित विज्ञान स्कूल बल्खुमा सचांलन हुँदै आएको छ । यसरी नेपालमै सो कोर्षको पठन÷पाठन भइरहेकोमा नेपाली विद्यार्थीहरुले काठमाडौं वाटै प्रोफेसनल कोर्षको जाँच दिदा एकातिर एकेडेमिक र अर्कोतिर प्रोफेसनलको सर्टिफिकेट पाउदा विश्वमै अवसर पाउने कुरामा दुईमत छैन ।

स्कूलमा निर्देशकका रुपमा प्रा.डा. प्रकाशमुनि बज्राचार्य र डिन वा अध्यक्ष प्रा.डा. रामप्रसाद खतिवडा हुन् । यसका प्रोगाम कोअर्डिनेटर केशवराज फुलारा हुन् ।

आठ सेमेष्टरको ४ वर्षको कोर्समा कुल पूर्णाङ्क १५ सय ७५ र उत्तीर्णाङ्क ५० प्रतिशत हो । एक सेमेष्टरमा १५ क्रेडिट आवर र एक विषयमा ३ क्रेडिट आवर हुन्छ ।

भारतमा सर्टिफाइड एक्चुरी लगभग ३ सय जना, अमेरिकामा ३ हजार ५० जना गरी लगभग विश्वभरमा ५ हजार हाराहारीमा मात्र यो विषयका जनशक्ति रहेको तथ्याङ्क छ । उच्च माग रहेका यस्ता जनशक्ति हाल नेपालमा कोही पनि छैनन् । नेपालीमूलका २ जना युकेमा र १ जना अमेरिकामा कार्यरत छन् ।

प्रत्येक विषयको पूर्णाङ्क ७५ र उत्तीर्णाङ्क ४५ रहेको छ । पूर्णाङ्कको ४० प्रतिशतमध्ये ३० नम्बर आन्तरिक रुपमा विद्यार्थीहरुलाई प्रदान गरिन्छ ।

आन्तरिक रुपमा नम्बर प्रदान गरिँदा एसेसमेन्टमा १६, हाजिरीमा २, प्रस्तुतीकरणमा ५, गृहकार्यमा ५ र अनुशासनमा २ नम्बर बाँडफाँड गरिएको हुन्छ ।

के हो एक्चुरी ?
एक्चुरी भन्नाले बीमामा सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्ने व्यक्तिहरू हुन् । त्यस्ता व्यक्तिले भविष्यमा आउने जोखिमको दायित्व निर्धारण गर्छन् भने यसरी नै उनीहरूले बीमा शुल्कमा के कस्ता जोखिम आउन सक्छन् भन्ने कुराको अग्रिम निर्णय गर्ने गर्छन् । यसरी नै आज गरेको बीमा भोलिका दिनमा के कस्तो हुन्छ भन्ने जस्ता निर्णय लिन एक्चुरी अपरिहार्य मानिन्छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओहरुका अनुसार हालसम्म एक्चुरी भारतबाट नै मगाउनु पर्ने बाध्यता छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले नेपालमा एक्चुरी पढाउन सहज होस भनेर पहल गरेको अवस्था छ ।
भर्ना प्रक्रिया
जुनसुकै विषमा दशजोड दुई पढेको हुनुपर्ने, तर १ सय नम्बरको गणित पढेको हुनुपर्ने जरुरी छ ।

प्लस टूको रिजल्ट आएपछि राष्ट्रिय स्तरका दैनिक पत्रिकामा भर्नाका लागि आह्वान गरिन्छ । प्रवेश परीक्षामा उत्तीर्णलाई मेरिट लिष्टका आधारमा ३६ जनाको भर्ना सिट क्षमता रहेको हुन्छ । प्रवेश परीक्षामा गणितबाट ५० नम्बर, अंग्रेजीबाट २५ र आइक्यूबाट २५ नम्बरसहित १ सय नम्बरको पूर्णाङ्कको परीक्षामा उत्तिर्ण भएपछि बल्ल भर्ना पाइन्छ ।

कुल कोटाको १० प्रतिशत छात्रवृत्ति समेत दिइन्छ । प्रवेश परीक्षामा सर्वोच्च अंक ल्याउने १ जना विद्यार्थीलाई निःशुल्क भर्ना गरिन्छ भने बाँकी ३ जनालाई सामुदायिक वा सरकारी स्कुलमा पढेकालाई विशेष प्राथमिकताका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ ।

एक्चुरियल साइन्स पढ्दा ४ वर्षमा ४ लाख खर्च हुन्छ । सुरुको सेमेष्टरमा ६७ हजार लिइन्छ । परीक्षा फर्मको प्रत्येक सेमेष्टरको २ हजार तिर्नुपर्दछ । भारतमा यो विषय अध्ययन गर्दा २० लाख भारु तिर्नुपर्दछ ।

सुरुका २ वर्षमा गणित, तथ्याङ्क शास्त्र र कम्प्युटरमा केन्द्रित गर्दै बाँकी २ वर्षमा स्पेसलाइजेसन गर्ने गरिन्छ । सातौं सेमेष्टरमा ७५ पूर्णाङ्कको प्रोजेक्ट वर्क र अन्तिम आठौं सेमेष्टरमा इन्टर्नका लागि विभिन्न इन्स्योरेन्स कम्पनी, बीमा समिति, बैंकतिर लगिन्छ ।

स्कुलमा पठनपाठनको समय ११ बजेदेखि ४ बजेसम्म हुने व्यवस्था रहेकामा प्रत्येक पिरियड डेढ घण्टाको हुन्छ । स्कुलमा १३ जना शिक्षक रहेका छन् । १ जना प्रोफेसर ,१ जना एसिस्टेन्ट प्रोफेसर र बाँकी लेक्चरर रहेका छन् ।

भारतको मुम्बईमा रहेको बिरला इन्स्योरेन्स कम्पनीसँग एमओयु गरेको स्कुलले त्यहाँ इन्टर्नको समेत व्यवस्था गरेको छ । इन्टर्नमा रहँदा खानबस्न, पकेट खर्च विद्यार्थीलाई कम्पनीले प्रदान गर्दछ । इन्टर्न ६ महिनासम्म अवधिको हुन्छ । सोही कम्पनीले प्लेसमेन्टमा भारतमा सहयोग गर्ने सहमति पनि भएको छ ।
भारतबाट एक्चुरी रिपोर्ट इन्स्योरेन्स कम्पनीले गराउँदा १० लाख भारुसम्म तिर्नुपर्छ ।

भारतको आइएआइ र युकेको आइएफओए बोर्डले सर्टिफाइड गरेपछि विश्वको जुनसुकै कुनामा यस्ता जनशक्ति सहजै बिक्री हुन्छन् ।

बीमा प्राधिकरणको नयाँ नियमानुसार एउटा कम्पनीमा १ जनामात्र एक्चुरी हुनुपर्ने व्यवस्था छ । जीवनबीमा कम्पनीहरुमा अनिवार्य एक्चरीको व्यवस्था रहेकामा निर्जीवन बीमा कम्पनीमा भने अनिवार्य हालसम्म गरेको छैन ।

नेपाली बीमा प्रिमियम विश्वको तुलनामा महङ्गो हुनका कारण हचुवाका भरमा हिसाब भएर यस्तो भएको हो । नेपालका एक्चुरी हुने भए २० देखि ३० प्रतिशत सस्तो प्रिमियम हुन आउने विज्ञ बताउँछन् ।

बीमामा बाहेक यस किसिमका जनशक्ति बैंक, सञ्चयकोष, नागरिक लगानी कोषमा समेत खपत हुन्छन् । विश्वमा अहिले बैंकहरुमा समेत अनिवार्य एक्चुरी हुनुपर्ने ट्रेन्ड भएकाले भोलिका दिनमा नेपालका बैंकहरुमा समेत यस्ता जनशक्तिको उच्च माग हुने देखिन्छ ।

एक्चुरीको तलब नेपालमा न्यूनतम १० लाखदेखि सुरु हुने जानकार दाबी गर्छन् । भारतमा रहेको टाटा कम्पनीले समेत एक्चुरी राखेबाट निजी क्षेत्रमा समेत यसको उपादेयता देखिन्छ ।

नेपालमा अवसर
बीमा ऐन अनुसार, बीमांकी भन्नाले बीमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्नका लागि बिमकद्वारा नियुक्त गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति सम्झनु पर्छ ।
बीमा व्यवसायीले नेपालमा बीमा सम्बन्धी काम गर्ने दक्ष जनशक्ति नहुँदा विदेशबाट ल्याउनु परेको छ । बीमा कम्पनीले विदेशी कन्सल्ट्यान्ट मार्फत काम गरिरहेको छ । समितिले एक्चुरीको लागि बार्षिक ३० लाख रुपैयाँभन्दा धेरै कन्सल्ट्यान्टलाई बुझाउँदै आएको छ ।

नेपालको हकमा एउटा बीमा कम्पनीमा काम गरेको एक्चुरीले अर्को बीमा कम्पनीमा काम गर्न पाउँदैन । तर जीवन बीमा कम्पनीमा एक्चुरी गर्नेले निर्जीवन बीमा कम्पनीमा काम गर्न पाउछन् ।अहिले बीमामा मात्र यसको अनिवार्य गरिएको भएपनि बिस्तारै बैंक तथा लामो समय दायित्व निर्वाह वहन गर्ने संस्थामा यो अनिवार्य हुदै जाने देखिन्छ । एनएफआरएस अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने व्यवस्था छन् । यसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने हुन्छ ।

त्यस्तै कर्मचारी सञ्चयकोष नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता दीर्घकालीन कोषको ब्यबस्थापन गर्ने भएकाले यिनीहरुलाई पनि एक्चुरीको आवश्यकता पर्छ । नेपालमा एक जना पनि एक्चुरी नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यताका कारण राष्ट्र बैंकले यसलाई अनिवार्य गर्न सकिरहेको छैन ।

नेपालमा एक्चुरीको अभाव भएपछि त्रिभुवन विश्वविद्यालयले यसको पढाइ सुरु गरेको छ । शैक्षिक रुपमा गणित विज्ञान स्कुलको रुपमा सुरु भए पनि यसको प्रमुख उद्देश्य एक्चुरीको उपाधि हासिल गराउनु नै हो । प्लस टु परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस स्कुलमा इन्ट्रान्स परीक्षा दिन सक्छन् । जम्मा ३६ जनाको कोटा रहेको यसमा पहिलो वर्ष कोटाभन्दा कम इन्ट्रान्स परीक्षामा सहभागी भएका थिए । गत वर्षदेखि यस परीक्षाका लागि अत्याधिक आकर्षण देखिँदै आएको छ ।
नेपालमा यो कोष पढ्दा चार वर्षमा चार लाख खर्च हुन्छ । एक्चुरी उपाधिका लागि भने भारत वा बेलायतको बोर्डमा परीक्षा दिनु पर्छ । गणित विज्ञान स्कुलले एक्चुरीको तयारी सँगसँगै गराउने गरेको छ । उक्त उपाधिका लागि आवश्यक पर्ने तयारी गराउने गरी शैक्षिक कोर्ष तयारी गरिएकोले केही वर्षमै नेपालबाट एक्चुरीको उत्पादन हुने विश्वविद्यालयले जनाएको छ ।

न्यूनतम योग्यता :

कक्षा १२ वा सो सरहको परीक्षामा जुन सुकै संकायवाट १०० पूर्णाङ्कको गणित वा वाणिज्य गणित अध्ययन गरी द्वितिय श्रेणी वा हरेक विषयमा अन्तिम ग्रेड ऋ ल्याएका विद्यार्थीहरुले भदौ ४ गते देखी २६ गते सम्म धधध।कmकतग।भमग।लउ वाट अनलाईन फारम भर्न सक्नेछन् । फारम भर्दा क्भ्भ् र १२ कक्षाको मार्कसिट, एकप्रति रंगिन फोटो सहित प्रवेश परीक्षा वापतको रकम रु. दुई हजार स्कूलको खातामा जम्मा गरेको भौचर अपलोड गर्नुपर्नेछ । आवेदन स्वीकृत भएपश्चात इमेलवाट जानकारी गराइनेछ ।

प्रवेश परीक्षा :
प्रवेश परीक्षा अन्तर्गत तीन चरणको जाँच लिइनेछ । पहिलो चरणमा आवेदन दिएका सम्पूर्ण विद्यार्थीहलाई ८० पूर्णाङ्कको लिखित परीक्षामा सामेल गराइनेछ । जसमा कक्षा १२ वा सो सरहको गणित वा वाणिज्य गणितको ४० पूर्णाङ्कको ४० ओटा, अङ्ग्रेजी विषयको २० पूर्णाङ्कको २० ओटा र २० पूर्णाङ्कको २० ओटा सामान्य ज्ञानको गरी ८० ओटा वहुवैकल्पिक प्रश्नहरुको १ घण्टा ४५ मिनेटको लिखित परीक्षा संचालन गरिनेछ । लिखित परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुको १० पूर्णाङ्कको अन्तर्वाता र १० पूर्णाङ्कको शैक्षिक योग्यता वापतको मुल्याङ्कन गरिन्छ । तीनओटै परीक्षाको तालिकीकरण गरी १०० पूर्णाङ्कको मेरिट लिस्ट तयार गरिन्छ । स्कुलले त्रि.वि. सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार निर्धारित ४० जनाको सिटमा ८० प्रतिशत (३२ जना) खुल्लावाट र २० प्रतिशत (८ जना) समावेशी कोटाको आधारमा भर्ना गरिन्छ ।

छात्रवृत्ति :
यो कोर्ष पुरा गर्न ८ सेमेष्टरको मोटामोटी पाँच लाख पचास हजार शुल्क लाग्छ । केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको शुरुमा नै किस्तावन्दि रुपमा तिर्नुपर्छ । छात्रवृत्ति विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रि.वि.को “ छात्रवृत्ति सम्बन्धि कार्य निर्देशिका २०७९” अनुसार दिईनेछ । उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रा लाई जेहेन्दार छात्रवृत्ति दिईनेछ र १० प्रतिशत विद्याथीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।

मुल्याङ्कन :
सेमेष्टर प्रणाली अनुसार अध्यापन गराइने यो कोर्षको ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत बाह्य मुल्याङ्कनका आधारमा गरिन्छ । ३० पूर्णाङ्कको आन्तरिक मुल्याङ्कन गरिन्छ र ४५ पूर्णाङ्कको सेमेष्टरको अन्तिम परीक्षा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले लिने गर्छ ।

शैक्षिक पात्रो :
सेमेष्टरको शुरुमा भर्ना हुने वित्तिकै सम्बन्धित विद्यार्थीहरुलाई एकाडेमिक क्यालिन्डर (शैक्षिक पात्रो) दिइनेछ । सम्पूर्ण शैक्षिक गतिविधिहरु सोही पात्रो अनुसार संचालन गरिनेछ । अन्य कुरा यथावत रहेमा ४ वर्षको कोर्षको कार्यक्रम ठिक चार वर्ष भित्रमै विद्यार्थीहरुले उक्त लेवलको प्रमाणपत्र पाइसक्नेछन् । हरेक सेमेष्टरको अन्तिममा लिएको जाँचको नतिजा समेत बढिमा एक महिना भित्रै प्रकाशन भइसक्नेछ । कोभिडको कारणले पनि यस स्कूलमा संञ्चालित कुनै पनि कार्यक्रम ५ महिनाभन्दा ढिलो भएको छैन । समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यस स्कूलको लक्ष्य रहेको गणित विज्ञान स्कुलले जनाएको छ ।

सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास गर्नुपर्छः

सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास गर्नुपर्ने हुन्छ । ७ वटा पेपर पास भएपछि एसोसियटेड एक्चुरीको मान्यता दिईन्छ । बाँकी ६ वटा पेपरलाई फेलो एक्चुरीको नाम दिईएको छ । नेपालमा जम्मा आठ वटा सेमेष्टरमा ७ वटा पेपरको जाँच हुन्छ । फेलोसिपको कोर्स हुँदैन । बाँकी कोर्स गर्न विद्यार्थीहरु बेलायत वा अन्य यस्तै देशमा गएर अध्ययन गर्नुपर्दछ । थप अध्ययन गर्ने बेलामा विद्यार्थीहरु आफैले कमाएर अध्ययन शुल्क तिर्न सक्ने भइसकेका हुनेहुँदा नेपालको अध्ययन सकिएपछिको बाँकी अध्ययन आफै गर्न सक्षम हुनेछन् ।

2 thoughts on “विश्वकै धेरै पैसा कमाउने एक्चुरियल साइन्स कसरी पढ्ने? एक्चुरियल शिक्षाका लागि नेपालमै छ यस्तो सुविधा

  1. bhupendra singh rawat says:

    yo course TU ko center ma matraii padhai hunxa ki aru campus ma pani?

  2. Shrawan kr Yadav says:

    Very good for Nepal.we are really feel proud.It is possible to study in sleeping sir because it i m 40 yeras old. I m interested to study this course. I m aslo working in insurance sector.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*