तोलामै ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२९ भाद्र २०८०, शुक्रबार १०:५८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ चाँदीको १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार ८ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुनको मूल्य एक लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको थियो ।
कारोबारका अघिल्लो दिन बुधबार प्रतितोला एक हजार ३८२ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९५ रुपैयाँमा कायम भएको छ ।












