पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने

२९ भाद्र २०८०, शुक्रबार २१:४८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

One thought on “पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने

  1. ओमप्रकाश महर्जन says:

    बढ्दा तुरुन्तै बढाउने , घट्दा तीन पटक घटेपनि नघटाउने कस्तो खालको स्वचालित मुल्य हो यो आयल निगमको?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*